सिक्किमका बुङथिङहरूलाई तिर्थयात्राको अवसर

n5560188801699806882729f8382ee5cb3a26dcdf15c7972acb189973991ddc97b40af02f71ebda67cc3b1f.jpg

गान्तोक: सिक्किम सरकारका मुख्यमन्त्रीको प्रायोजनमा १७ जना लेप्चा बुङथिङ सहित लेप्चा समुदायका कुल ४० जनाले तिर्थयात्राको अवसर पाएका छन्।

आगामी १५ नोभेम्बरदेखि २५ नोभेम्बरसम्म नेपालका विभिन्न तिर्थस्थलका लागि भ्रमणको अवसर पाएका बुङथिङ र लेप्चा समुदायका सदस्यहरूले आज सम्मान भवनमा भेट गरेर मुख्यमन्त्रीले यात्राको निम्ति शुभकमाना दिए।

यात्रामा १७ जना बुङथिङ, ४ जना बुङथिङ सहायक, विभिन्न कलेजमा अध्ययनरत १२ जना विद्यार्थी र सहायकहरू गरी कुल ४० जना रहेका छन्। सम्मान भवनमा भेला भएका बुङथिङ लगायत अन्यलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस तामाङले बुङथिङहरूलाई एक्सपोजर दिन साथै उनीहरूले नयाँ ठाँउमा भ्रमण गरेर केही नयाँ कुरा सिक्ने अवसर पाउन भनेर तिर्थयात्राको प्रायोजन गरिएको र यस प्रथालाई जारी राखिने बताए। तिर्थायात्राका क्रममा बुङथिङहरूले नयाँ विषयलाई सिकेर संस्था मार्फत सिक्किममा पनि नयाँ कार्यबारे अभ्यास गर्न सक्ने बताए। यस क्रममा बोल्दै मुख्यमन्त्रीले लेप्चा जातिको भाषालाई संविधानको आठौं अनुसूचीमा मान्यता दिलाउन सिक्किम सरकारले केन्द्र सरकार समक्ष पहल गरिरहेको जानकारी दिए।

गान्तोकमा लेप्चा भावन निर्माणका लागि सरकारीले लेप्चा संगठनलाई जमिन दिने प्रक्रिया अन्तिम चरणमा पुगेको र उनीहरूले जमिन पाइसकेपछि भव्य लेप्चा भवन सरकारको पक्षबाट निर्माण गरिदिने वचन मुख्यमन्त्रीले दिए। आफूले जातलाई अघि लगाएर कहिलै पनि राजनीति नगरेको बताउँदै तर सबै जात-जातिको समान विकास हुनुपर्छ भन्ने भवनाका साथ काम गरिरहेको मुख्यमन्त्रीले बताए। लेप्चा जातिको विकासका लागि समुदायलाई एकजुट भएर अघि बढ्न मुख्यमन्त्रीले आग्रह गरेका छन्।

तिर्थयात्राको लागि अवसर पाएका बुङथिङहरूको पक्षबाट बोल्दै बुङथिङ निम छिरिङ लेप्चाले तिर्थयात्राको अवसर दिलाइदिएकोमा मुख्यमन्त्री पिएस गोले र सरकारलाई धन्वाद दिए। लामो समयसम्म बुङथिङ गरेको अनुभव रहेर पनि सरकार पक्षबाट यस प्रकारको अवसर पहिलेपल्ट प्राप्त गरेको उनले बताए।

मुख्यमन्त्रीद्वारा दिलाईएको अवसर सिक्किमका बुङथिङहरूका लागि ठूलो सम्मान रहेको निम छिरिङ लेप्चाले बताए। यसरी नै सिक्किम लेप्चा एसोसिएशनका अध्यक्ष छोङ नर्बु लेप्चाले पनि बुङथिङहरूलाई तिर्थयात्राको अवसर दिएकोमा मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *