सिलगढ़ी: जीएसटी बढ़ोतरी विरूद्ध शहरमा माकपाको अनौठो प्रदर्शन देखियो। प्रदर्शनकारीहरूले थाल बजाएर जीएसटीको विरोध गरे। माकपाले सिलगढ़ीको हाशमी चौकमा मंगलवार लगभग एक मिनटसम्म थाल बजाएर जीएसटी रद्द गर्ने माग गऱ्यो।
य़स अवसरमा माकपाका सचिव अनिमेष ब्यानर्जीले भने, ‘अनब्रान्डेड प्याकेज्ड फूट प्रोडक्टमा लगाइने पाँच प्रतिशत जीएसटीको असर आम नागरिकहरूमाथि पर्नेछ। अनब्रान्डेड प्याकेज्ड फूट प्रोडक्टमा जीएसटी लगाएर महंगाई बढ़ाएर केन्द्र र राज्य सरकारले आम जनको गोजी काँट्न चाहन्छ। अथाह मूल्यवृद्धिलाई लिएर दिदी र मोदी केहीपनि बोलिरहेका छैनन्। आम जनताको स्थिति बिग्रन्दै गईरहेछ। जीएसटीलाई रद्द नगरिञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहनेछ’।