मन्त्री ज्योतिप्रियाले भऩे- धेरै बिरामी छु, मर्छु होला जस्तो लाग्छ

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालमा राशन वितरण भ्रष्टाचार मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा पक्राउ गरिएका मन्त्री ज्योतिप्रिय मल्लिकले आफू अस्वस्थ रहेको र लामो समयसम्म जिउँदो नरहने दाबी गरेका छन्। दक्षिण कोलकाताको कमाण्ड अस्पतालमा स्वास्थ्य जाँचको निम्ति ल्याउँदा मन्त्रीले भने, म धेरै अस्वस्थ छु। म छिट्टै नै मर्नेछु।

राज्यका वर्तमान वन मन्त्री एवं राज्यका पूर्व खाद्य एवं आपूर्ति मन्त्री मल्लिक केन्द्रिय एजेन्सीका दुई अधिकारीको साथ ईडी अफिस बाहिर निस्केको समय हताश देखिरहेका थिए। यद्यपि, उनले राशन वितरणसित जोड़िएको मामिलामा टिप्पणी गर्न खारेज गरे। ४८ घण्टाको अन्तरालमा पक्रा परेका मन्त्रीले आफ्नो स्वास्थ्य स्थितिबारे यति गम्भीर चिन्ता व्यक्त गरेको दोस्रो पल्ट हो। १० नोभेम्बरमा पनि जब उनलाई ईडीका अधिकारीहरूले कमाण्ड अस्पताल ल्याएका थिए, तबपनि उनको स्वास्थ्य खराब भइरहेको र उनको अंग लकवाग्रस्त हुनसक्ने दाबी गरेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement