मुख्यमन्त्रीले दिए तिहार र भाइटीकाको बधाई एवं शुभकामना

1000421634.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीहरूलाई तिहार र भाइटीकाको बधाई एवं शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत तिहार र भाईटीकाको शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले भनेका छन्, समानुभूति र करुणा मार्फत एकता बढाउॅंदै उज्यालोको पर्वले हाम्रो जीवनलाई ज्ञान, बुद्धि र सत्यले उज्यालो बनाओस्। उनले जिम्मेवारीका साथ चाड मनाउन तथा पर्यावरण र अन्यहरूप्रति संवेदनशीलता अपनाउन आह्वान गरेका छन्।

मुख्यमन्त्रीले हर्षोल्लास बीचमा हालै आएको विपत्तिले ज्यान गुमाएको घटनालाई नबिर्सौं भनी बताएका छन्। उनले बाढी प्रभावितहरूको निम्ति सबैलाई प्रार्थना गर्न र मद्दतको हात अगाडि बढाउन आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement