राज्यपालले मनाए भारतीय सेनाका जवानहरूसॅंग तिहार

n556001512169980052518321f20b34017d2aaf66bb6514de0096321ba6c7cace835c8576442eed71191a30.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रचाद आचार्यले आज सीमामा तैनात भारतीय सेनाका जवानहरूसॅंग ९,००० फुटको उचाईमा स्थित भाइब्रेण्ट भिलेज लाचेनमा १७ माउण्टेन डिभिजनसॅंग तिहार मनाए। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।

सिक्किम राज्यमा सीमास्थित पहिला गाउॅं लाचेन पुगेर राज्यपाल आचार्यले जवानहरूसॅंग समय बिताए र उनीहरूसॅंग संवाद पनि गरे। यसावधि उनले जवानहरूलाई मिठाई पनि वितरण गरे। यस अवसरमा ब्रिगेडियर गोविन्द शर्मा पनि उपस्थित थिए।

राज्यापल आचार्यले आफ्नो सम्बोधनमा भारतीय सेनाको हौसला बढाउॅंदै भने, भाइब्रेण्ट भिलेज लाचेनमा भारतीय सेनासॅंग मनाएको तिहार मेरो जीवनको सबैभन्दा अविस्मरणीय तिहार हो। आज आफ्नो परिवारभन्दा भारतीय सेनासॅंग पर्व मनाउन पाउनु शान्तिको अनुभव महसुस गरिरहेको छु। मेरो परिवारको दायरा पनि बढेको छ।

राज्यपालले अघि भने, सोंचको उचाई, संकल्पको शक्ति र भारतीय सेनाको औंठमा मुस्कान हाम्रो देशको इम्युनिटी बूस्टर हो। राज्यपालले ती सबै आमा, दिदी-बहिनी र परिवारप्रति बारम्बार प्रणाम गरे जसले यस्ता वीर सपूतहरूलाई जन्म दिएका छन्।

कार्यक्रममा लाचेन जुम्साका पिपन र स्थानीय मानिसहरूले पनि राज्यपालसॅंग भेट गरे। उनीहरूले आफ्नो समस्याको बारेमा राज्यपाललाई जानकारी गराए। राज्यपालले लाचेनवासीहरूलाई भारत सरकारको समर्थन सबैसॅंग रहेको विश्वास दिलाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *