टीम इण्डियाका पूर्व कप्तान सौरव गांगुलीकी आमा कोरोना पोजिटिभ

IMG_20220719_223625.jpg

कोलकता: टीम इण्डियाका पूर्व कप्तान सौरव गांगुलीकी आमा निरूपा गांगुली कोरोना पोजिटिभ भएकी छन्।
उनको पारिवारिक सूत्रहरूले मंगलवार यसको पुष्टि गर्दै उनलाई दक्षिण कोलकताको बैलव्यू अस्पतालमा भर्ती गराइएको बताएको छ। यसअघि जब सौरव गांगुलीलाई हार्ट अटेक आएको थियो, तब उनलाई पनि यही अस्पतालमा भर्ती गराइएको थियो।
गत साल पनि सौरव गांगुलीकी आमा कोरोनाको चपेटमा आएकी थिइन्। उनलाई सास लिनमा समस्या भईरहेको थियो र अक्सीजनको कमी भएको थियो। तबपनि उनलाई अस्पतालमा भर्ती गराउन परेको थियो। अब एक पल्ट फेरि उनी महामारीको चपेटमा परेकी छन्।
डायबिजीट सहित अन्य धेरै कोमोरबिडिटीजले ग्रस्त भएकोले चिन्ता बढ़िरहेछ। उनको उपचारको निम्ति मेडिकल बोर्डको गठन गरिएको छ। अस्पताल सूत्रहरू अनुसार, अहिले उनको स्थिति स्थिर छ र चिन्ताको कुनै कुरा छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement