वाशिंगटन: भारतले प्यालेस्टाइन क्षेत्रमा इजरायली बस्ती निर्माणको विरूद्ध मतदान गरेको छ। संयुक्त राष्ट्र संघले प्यालेस्टिनी भूभागमा इजरायलको कब्जाको निन्दा गर्दै प्रस्ताव पेश गरेको थियो। जसलाई भारतले समर्थन गरेको छ। पूर्वी जेरुसेलम र सिरियाली गोलान लगायतका अतिक्रमित प्यालेस्टाइन क्षेत्रहरूमा इजरायली बस्तीहरूको निन्दा गर्ने प्रस्तावलाई भारतसहित १४५ देशले समर्थन गरेको छ। इजरायल बाहेक क्यानडा, हंगेरी, मार्शल टापु, माइक्रोनेसिया, नाउरु र अमेरिकाले मात्र संयुक्त राष्ट्र संघको प्रस्तावलाई समर्थन गरेको छ। यी बाहेक १८ देश मतदानमा अनुपस्थित रहे। गत महिना, संयुक्त राष्ट्र महासभामा जोर्डनले एक प्रस्ताव ल्याएको थियो, जसमा गाजामा युद्ध तत्काल रोक्न माग गरिएको थियो। यो प्रस्ताव पनि भारी बहुमतले पारित भएको थियो तर भारत त्यसबाट टाढा रह्यो। संयुक्त राष्ट्र संघमा जोर्डनले ल्याएको प्रस्तावको पक्षमा १२० देशले र विपक्षमा १४ देशले मतदान गरेका थिए। ४५ देशले आफूलाई मतदानबाट टाडा राखेको थियो। जसमा भारत पनि सामेल थियो। भारतले मतदानमा भाग लिएको थियो।
जोर्डनको प्रस्तावबाट आफूलाई टाढिएपछि भारतको अडान इजरायलतर्फ रहेको प्रष्ट मानिएको थियो तर अब भारतले आफ्नो रणनीति परिवर्तन गर्दै प्यालेस्टाइनलाई समर्थन गरेको छ। भारत सरकारको अडानलाई धेरै विपक्षी दलहरूले पनि प्रशंसा गरेका छन्। टीएमसी सांसद साकेत गोखलेले इजरायलले बसोबास गर्नेहरूमार्फत प्यालेस्टाइनमाथि गरेको कब्जा गैरकानुनी भएको बताए। भारतको यो कदम सराहनीय रहेको बताएको छ। इजरायल र हमासबीच अक्टोबर ७ देखि लगातार युद्ध जारी छ। ७ अक्टोबरमा हमासद्वारा इजरायलमा गरिएको आक्रमणमा १४ सय जना मारिएका थिए। त्यसपछि इजरायलले गाजा पट्टीमा बमबारी गरेको थियो। हवाई हमलापछि इजरायलले जमिनमा सैन्य कारबाही पनि गरिरहेको छ। यसका कारण गाजामा १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने लाखौं मानिस प्रभावित भएका छन्। यस्तो अवस्थामा विश्वभर यो युद्धको चर्चा भइरहेको छ। विश्वका धेरै देशले यो युद्ध रोक्न निरन्तर अपिल गरिरहेका छन्।