नक्सलबारीमा हात्तीको हमलामा कृषकको मृत्यु

IMG-20230528-WA0320-5-300x172-3

नक्सलबारी: नक्सलबारीको हात्तीघिसा जीवन जोतमा हात्तीको हमलामा एकजना कृषकको मृत्यु भएको छ भने मृतकको नाम मिनु उराव (५८) बताइएको छ। गत राति हात्तीको एउटा झुण्ड नक्सलबारी इलाकामा पसेका थिए। यसपछि ५ वटा हात्ती झुण्डबाट छुट्टिएर खेतीमा ३ जनाले नजरदारी गरिरहेको समय हात्तीको हमलामा परेर एकजना कृषकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा वन विभाग तथा नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेका थिए। पुलिसले चेङ्गा नदीबाट शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार प्रत्येक दिन हात्तीले ताण्डव मच्चाएर धान खेती नष्ट पारिदिने गर्दछ। सर्च लाइट तथा वार्च टावर बनाइदिने स्थानीय मानिसहरूले वन विभागसमक्ष माग गरेका छन्। यसको साथै मृतक परिवारका सदस्यहरूलाई आर्थिक सहयोग तथा नोकरी दिनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement