आइसल्याण्डमा १४ घण्टामा आठ सय भूकम्पको झट्का

Earthquake-copy-1

युरोपेली देश आइसल्याण्डमा पछिल्लो १४ घण्टामा आठ सय भूकम्पको धक्का महसुस गरिएको छ। सबैभन्दा ठूलो झटकाको तीव्रता ५.२ थियो। अधिकारीहरुका अनुसार पृथ्वी मुनि भइरहेका गतिविधिका कारण ज्वालामुखी विष्फोट हुने आशंका छ। यसैबीच राष्ट्रिय पुलिस प्रमुखले त्यहाँ संकटकाल घोषणा गरेका छन्। यसैबीच स्थानीय अधिकारीले आइसल्याण्डमा केही दिनभित्रै थप तीव्रताको भूकम्प आउन सक्ने आशंका व्यक्त गरेका छन्। आइल्याण्डको मौसम विभागका अनुसार अक्टोबरदेखि हालसम्म २४ हजार भूकम्प गएका छन्। बिहान १२ बजेदेखि २ बजेसम्म भूकम्पको झट्का महसुस गरिएको थियो। अन्तर्राष्ट्रिय समाचारहरूका अनुसार रिपोर्ट गरेकोअनुसार कि स्थानीय अधिकारीहरूले सावधानीका रूपमा शहरमा बस्ने हजारौं मानिसहरूलाई खाली गर्न आदेश जारी गरेका छन्। आइसल्याण्डमा ३३ सक्रिय ज्वालामुखीहरू छन्। यो युरोपमा कुनै पनि देशमा सबैभन्दा बढी हो। आइसल्याण्ड मिड-एट्लान्टिक रिजको माथि छ, जुन समुद्रको भुइँमा रहेको एक दरार हो। यही दरारका कारण त्यहाँ बढी भूकम्प जाने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement