गान्तोक: नाम्ची व्लकले हिजो संकल्प सप्ताह कार्यक्रम अन्तर्गत समावेश समारोह आयोजना गऱ्यो। नाम्ची जिल्लाका जिल्लापाल कार्यालयमा आयोजित यस कार्यक्रमको अध्यक्षता जिल्लापाल एम भरानी कुमारले गरेका थिए। यस अवसरमा सहायक जिल्लापाल पुल्कित र महत्वकांक्षी व्लकता नव नियुक्ति एबीपीहरूले पनि सहभागिता जनाएका थिए। कार्यक्रममा जिल्लापालले विभिन्न ग्राम पञ्चायत एकाइहरूमा सञ्चालित संकल्प सप्ताह गतिविधिहरूको बारेमा बीएलओहरूसँग जानकारी लिए। त्यसपछि उनले बीएलओहरूलाई समयमै लक्ष्य प्राप्त गर्न तयार गरिएको ब्लक विकास रणनीतिमा ध्यान दिनुपर्ने सुझाउ दिए। उक्त अवसरमा अहिलेसम्म बीलएओहरूद्वारा गरिएको गतिविधि र यसको परिणामबारे जिल्लापाललाई जानकारी गराए।