गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय शिक्षा दिवस २०२३ को अवसरमा जिल्ला प्रशासन कार्यालयको सहयोगमा ७ जना विद्यार्थीलाई आज किसानबजार सम्मेलन हलमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरे। यो एलेन इन्स्टिच्युट अफ सिभिल सर्भिसको सहकार्यमा छात्रवृत्ति प्रदान गरेका हुन्। द्विद्यार्थीहरूलाई व्यवस्थित र संस्थागत रूपमा सेवा परीक्षाको लागि मार्गदर्शन/निर्देशक र तयारी गर्न जिल्ला प्रशासन नाम्चीको यो पहल हो। संस्थानले एघाह्रौं कक्षादेखि बाह्रौं सम्मका सबैलाई भिडियो लेक्चर कोर्स प्रदान गर्नेछ जुन यूपीएससी पाठ्यक्रमको एक प्रमुख भाग हो।