उपभोक्ता साथै विक्रेताहरूलाई सचेत गराउन विभागद्वारा निरीक्षण

IMG-20231112-WA0004.jpg

गान्तोक: मंगन जिल्लाको खाद्य एवम नागरिक आपूर्ति विभाग, मंगन नगर पञ्चायत र पुलिसवलले गत ६ नोभेम्बरदेखि मंगन बजारको निरीक्षण गर्दै आवश्यक खाद्य सामग्रीको भण्डारणबारे जानकारी लिएको छ।निरीक्षण गरिनुको मुख्य उद्देश्य चेतना जगाउनको साथै मंगन जिल्लाद्वारा पुष्टि गरिए अनुसार निम्न कुराहरू सुनिश्चित गर्नु रहेको थियो, जसमा अत्यावश्यक वस्तु अधिनियम १९५५, कालोबजारीको रोकथाम र अत्यावश्यक वस्तुहरूको आपूर्तिको रखरखाव अधिनियम १९८०, कानूनी मेट्रोलोजी प्याकेज गरिएको वस्तु नियम २०११ लगायत अन्य विषयमा जागरुक गराउनु रहेको थियो। उपभोक्ता सम्बन्धी ऐनका सम्बन्धमा दोकानेहरूलाई र सर्वसाधारणलाई सचेत गराएर उपभोक्ताहरूको अधिकार सुनिश्चित गरिनु थियो। सर्वसाधारण उपभोक्ताको हित सुनिश्चित गर्दै म्याद नाघेका र गुणस्तरहीन वस्तुको बिक्री गर्न नहुने बताइएको छ।

निरीक्षणको क्रममा उपरोक्त ऐन र नियमहरूमा उल्लेखित स्पेसिफिकेशनहरू उल्लङ्घन गर्ने म्याद नाघेका र उप-मानक उत्पादनहरू विस्तृत अभिलेखसहित कार्टन र अन्य कन्टेनरहरूमा सिल गरिएको थियो र पसलहरूलाई कडाइका साथ सुझाउ दिइयो। जारी निर्देशनहरूको पालना सुनिश्चित गर्न विभागले अर्को मितिमा अनुगमन निरीक्षण गर्ने पनि दोकानेहरूलाई जानकारी गराइयो। विशेषगरी उपभोक्ता र सर्वसाधारण जनताको हितमा काम गर्दै आएकोमा सर्वसाधारण तथा पसल व्यवसायीले विभाग र सरकारलाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *