गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले काली पूजा र दिवालीको अवसरमा प्रदेशवासीहरूलाई शुभकामना दिएका छन्। शनिवार जारी बयानमा मुख्यमन्त्री डा. सरमाले भने, हाम्रो आध्यात्मिक जीवनमा धार्मिक पर्वहरूको ठूलो महत्व छ।
देवी कालीको पूजा एक यस्तो पर्व हो, जसले हाम्रो सांस्कृतिक, भक्ति र आध्यात्मिक जीवनको सार राख्दछ। यस बाहेक प्रकाशको पर्व दिवाली पनि एक यस्तो अवसर हो, जसले हामीलाई अन्धकारलाई हटाउने र सकारात्मकताको निम्ति अघि बढ्नमा मद्दत गर्दछ।
मुख्यमन्त्रीले सबैसित पर्यावरणप्रति पर्याप्त सम्मानको साथ दिवाली मनाउने आग्रह गरे। उनले मानिसहरूसित ती प्रथाहरूलाई हटाउने पनि अनुरोध जसबाट पर्यावरण प्रदूषण हुने सम्भावना छ।