इम्फाल: मणिपुरमा भारी मात्रामा अवैध बर्मीज (म्यान्मार) सुपारी जफत गरिएको छ। सुपारीको साथ पाँच तस्करलाई पक्राउ गरिएको छ। गोप्य जानकारीको आधारमा असम राइफल्सले राज्यको कामजोङ जिल्लाका विभिन्न क्षेत्रहरूमा छापा माऱ्यो र सुपारी लोड गरिएको सात शक्तिमान ट्रक जफत गऱ्यो।
ट्रकहरूबाट भारी संख्यामा बर्मीज सुपारीको बोरा जफत गरियो। असम राइफल्स अनुसार, जफत गरिएको सुपारीको दर लगभग ९.१२ करोड़ रूपियाँ छ। सुपारीको आपूर्ति म्यान्मारबाट गरिएको थियो। पछि कानूनी कारबाहीको निम्ति असम राइफल्सले जफत गरिएको ट्रक एवं तस्करहरूलाई मणिपुर पुलिसलाई सुम्प्यो।