टी–२० सिरिजमा राम्रो प्रदर्शन गर्ने इन्दुको विश्वास

Screenshot_20231111_195421_Dailyhunt.jpg

काठमाडौं: नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले चार देश सम्मिलित ट्वान्टी–२० क्रिकेट सिरिजमा राम्रो प्रदर्शन गर्ने बताएकी छन्। हङकङमा हुने टी–२० सिरिज खेल्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ। त्यसको अघिल्लो दिन शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको बिदाइ कार्यक्रम राखेको थियो।सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त कप्तान इन्दुले यो प्रतियोगिता आफ्नो लागिसमेत अवसर भएको बताइन्। ११ वर्षदेखि नेपालको कप्तानी सम्हाल्दै आएकी रुबिना क्षेत्रीको स्थानमा क्रिकेट संघले इन्दुलाई जिम्मेवारी दिएको थियो।कप्तान इन्दुले यसलाई चुनौतीका रूपमा लिएको बताएकी छिन्। छोटो समयको प्रशिक्षणका क्रममा फिल्डिङ र फिटनेसमा काम गरेको भन्दै उनले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्।
नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६/७ दिनको तयारी मात्र भएकाले चुनौती भएपनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरे। कार्यक्रममा क्यानका सचिव पारस खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement