चोरी तथा छिनताई गरेको तीसवटा मोबाइल उद्धार

Untitled-10-1024x576.jpg

सिलगढी: दिपावली अघि प्रधाननगर थाना पुलिसले चोरी तथा छिनताई गरेको तीसवटा मोबाइल उद्धार गरेर असली मालिकलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि प्रधाननगर थानामा मोबाइल चोरी तथा छिनताई भएको अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी तथा छिनताई भएको ३० वटा मोबाइल सहित पाँचवटा साइकल पनि उद्धार गरेको छ। प्रधाननगर थाना पुलिसले आज दसजनालाई उद्धार गरेको मोबाइल र साइकल सुम्पिदिएको छ। दिपावली अघि चोरी भएको मोबाइल तथा साइकल फिर्ता पाएपछि तिनीहरू खुसी हुँदै पुलिसलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement