कालीपूजामा सियालदहबाट अतिरिक्त लोकल कुद्ने

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः कालीपूजाको अवसरमा पूर्वी रेलवेको तर्फबाट सियालदहबाट अतिरिक्त लोकल ट्रेनहरू कुदाइनेछ। पूर्वी रेलवे अनुसार आइतवार अर्थात् १२ नोभेम्बरको दिन ट्रेन सेवा नियन्त्रित गर्ने निर्णय लिइएको छ। अतिरिक्त ईएमयू ट्रेनहरू पनि कुदाइनेछ। १२ नोभेम्बरमा काली पूजा छ। यसैले यस दिन अन्य आइतवारको तुलनामा अधिक भीड़ रहने सम्भावना छ। यात्रीहरूको सुविधाको निम्ति त्यस दिन कालीपूजा स्पेशल ट्रेनहरू उपलब्ध गराइनेछ।

पूर्व रेलवे सूत्रहरू अनुसार, स्पेशल ट्रेन सेवा अप र डाउन दुवै लाइनमा चलाइनेछ। यी ट्रेनहरू सबै स्टेशनहरूमा रोकिनेछ। सियालदह-डानकुनी स्पेशल ट्रेन सियालदहबाट राति ११:३० बजी हिँड्नेछ र दिउँसो १२.१५ बजी डानकुनी पुग्नेछ। सियालदह-बारासात स्पेशल ट्रेन दिउँसो १२:०० बजी सियालदह स्टेशनबाट हिँड्नेछ र १२:५५ बजी बारासात पुग्नेछ। सियालह-राणाघाट जंक्शन स्पेशल यो ट्रेन सियालदहदेखि दिउँसो १२:४० बजी हिँड्नेछ र दिउँसो २:३० बजी राणाघाट जंक्शन पुग्नेछ। बारुईपुर जंक्शन-सियालदह स्पेशल ट्रेन दिउँसो १:२५ बजी बारुईपुरबाट हिँड्नेछ र २:१० बजी सियालदह पुग्नेछ।

डानकुनी-सियालदह स्पेशल ट्रेन दिउँसो १२:२५ बजी डानकुनीबाट हिँड्नेछ र दिउँसो १.५० बजी सियालदह पुग्नेछ। बारासात-सियालदह स्पेशल ट्रेन दिउँसो १:१० बजी बारासातबाट हिँड्नेछ र १:५५ बजी सियालदह पुग्नेछ। राणाघाट जंक्शन-सियालदह स्पेशल ट्रेन राति ११:४५ बजी हिँड्नेछ र दिउँसो १:४० बजी सियालदह पुग्नेछ। सियालदह-बरूईपुर जंक्शन स्पेशल ट्रेन दिउँसो १२:३० बजी सियालदहबाट हिँड्नेछ र दिउँसो १:१५ बजी बरूईपुर पुग्नेछ। साथै सियालदह-पुरी स्पेशल ट्रेन पनि सियालदहबाट हिँड्नेछ। यो ट्रेन ११, १८ र २५ नोभेम्बरमा कुद्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement