२४ मा कुनै पनि शक्तिले हामीलाई रोक्न सक्ने छैनः मुख्यमन्त्री

n555782666169971469413073ecf917063c2da77659f32fb6dfa1a4b59a37b2cca5989f01d499bf90b04ff9.jpg

नाम्ची: मुख्यमन्त्री प्रेमसिंह तामाङले फेरि एकपल्ट २०२४ को चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चाको जित निश्चित रेहको दावी गरेका छन्। आज यहाँको किसान बजारमा एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बयान दिएका हुन्।

२४ मा कुनै पनि शक्तिले हामीलाई रोक्न सक्ने छैन, उनले भने। सिक्किम बचाऔंको नारा लिएर २०२४ मा सत्तामा फर्कने अभियानमा जुटेका पूर्व मुख्यमन्त्री पवन चामलिङमाथि कटाक्ष गर्दै मरेका पुर्खाहरू चिहानबाट बौरी उठ्यो भने मात्र पवन चामलिङको एसडीएफ पार्टी फेरि सत्तामा फर्कने उनले बताए।

सिक्किम राज्य र यसको संवैधानिक सुरक्षा कवच धारा ३७१एफ-लाई कुनै प्रकारको खतरा नरहेको दावी गर्दै मुख्यमन्त्रीले सिक्किम राज्य पूर्णरुपले सुरक्षित रहेको बताए। पूर्व मुख्यमन्त्री चामलिङले सिक्किम बचाउने होइन तर जेल जानबाट आफूलाई बचाउने कुरा गरिरहेको उनको भनाइ रहेको छ। अब सिक्किमलाई बचाउने होइन बनाउने समय हो, उनले भने।

सरकार गएको एक वर्षसम्म पनि आफ्ना विधायकहरूलाई बचाउन नसक्नेले सिक्किम बचाउने कुरा गर्नु हाँस्यास्पद रहेको मुख्यमन्त्रीको भनाइ रहेको छ। आजको कार्यक्रमा उपस्थित शिक्षकहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले कर्मचारीहरूको हितमा काम गर्ने मान्छे चिनेर आगामी २०२४ मा निर्णय गर्ने आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement