कालचिनी: साङ्गाठानिक चर्चा साथै आगामी ९ अगस्तको दिन पालन हुने विश्व आदिवासी दिवसलाई केन्द्र गर्दै आज अखिल भारतीय आदिवासी विकास परिषदको एउटा सभा कालचिनी खण्डको डिमा जात्रा मैदानमा सम्पन्न भयो।
उक्त सभामा अखिल भारतीय आदिवासी विकास परिषदको अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ा लगायत परिषदको कालचिनी ब्लक सभापति छोटेलाल कुजूर, सिनियर परिषद नेता प्रकास कुजूर, जोलेन कुल्लु, शिवचरण महली, देवकुमार लाकड़ा, मतियस टोप्नो, राज कुजूर, सुबोल टोप्पो, विश्वनाथ उराँव एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
सभामा अखिल भारतीय आदिवासी विकास परिषदको साङ्गाठानिक चर्चा औ विस्तार बारे प्रतिनिधिहरुले आ-आफ्नो रिपोर्ट प्रस्तुत गरेको थियो भने चर्चा पश्चात आगामी ९ अगस्तको दिन पालन हुने विश्व आदिवासी दिवसलाई पालन गर्ने बारेमा छलफल पश्चात उक्त दिन बाइक ऱ्याली मार्फत विविध कार्यक्रमको साथमा कालचिनीमा विश्व आदिवासी दिवस पालन गर्ने तय गरिएको थियो।
सभा बारेमा अभाआविप अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ाले साङ्गाठानिक चर्चा साथै चियाबारी क्षेत्रमा आदिवासी जनसमुदायहरु पीएफ घोटालाको शिकार भएको र आधारकार्ड लिएर आदिवासी श्रमिकहरु पीएफ पाउनबाट वञ्चित हुन परेको औ यसलाई लिएर परिषदले सरकार समक्ष कुरा राख्ने एवम् आगामी ९ अगस्तको दिन विश्व आदिवासी दिवस पालन गर्ने बारेमा व्यापक छलफल भएको जनाएका छन।