गणतन्त्रमाथि प्रश्न उठाउने दुस्साहस भएको छ: प्रचण्ड

deccanherald_2023-09_8552ea29-54c1-4fbc-afce-04870427683c_prachanda_reuters_1181200_1673764017_1230840_1687613939_1232814_1688145400.jpg

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही मान्छेले गणतन्त्रमाथि प्रश्न उठाउन थालेको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमाथि प्रश्न उठाउनु दुस्साहस भएको बताएका हुन्। उनले सोही कार्यक्रममा नेपाल संवतलाई सरकारको दस्ताबेजमा लेख्ने घोषणासमेत गरे। नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement