कोभिड़ सिक्किम: राज्यमा आज कोरोनाको तीन नयाँ मामिला

IMG_20210910_192109-1-2.jpg

गान्तोक: राज्यमा आज कोरोनाको तीनवाट नयाँ मामिला फेला परेको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले कसैको मृत्यु भएन भने दुईजना यो रोगबाट निको भएर सामान्य जीवनमा फर्किएको  छन्। 

राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा आठ जना कोरोना संक्रमित रोगीहरू उपचारधीन रहेका छन्।

राज्य स्वास्थ्य विभाग अनुसार, हिजो १२३ जनाको कोरोना परीक्षण गरेकोमा, पूर्व जिल्लाबाट तीनजनामा संक्रमण को पुष्टि भएको छ।

हाल राज्यको कोरोना सकारात्मकता दर ०ल२.४ प्रतिशत रह्यो भने रिकभरी दर ९८.८ प्रतिशतमा रहेको छ। हालसम्म राज्यमा ३७,९५८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१६५ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *