मतदाता सूचीमा नयाँ नाम दर्ता, स्थान्तरण, संसोधन र बियोजन गराउने कार्य जारी

78705088.webp

खरसाङ: मतदाता सूचीमा नाम दर्ता गराउने, स्थान्तरण र संसोधनको कार्य अहिले धमाधम चलिरहेको छ। खरसाङ महकुमा शासक कार्यलायबाट जारी विज्ञप्तिमा उमेर पुगेकाहरूले आफ्नो नाम मतदाता सूचीमा नाम दर्ता गराउन सक्ने तथा स्थान्तरण गर्न चाहाने र संसोधन गर्न चाहानेहरूका लागि पुन:निरीक्षणको कार्य जारी रहेको बताइएको छ। महकुमा शासक कार्यालयबाट प्राप्त जानकारी अनुसार मतादाता सूची पुन:निरीक्षणको कार्य गत १ नोभेम्बरदेखि धमाधम चलिरहेको र यो कार्य अागामी 9 दिसम्बर २०२३ सम्म चल्ने भएको छ। यसको लागि प्रत्येक मतदान केन्द्रमा बुथ लेवर अफिसर (बीएलओ) प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म बस्ने अनि विशेष अभियान अन्तर्गत शनिवार र आईतबार बिहान ११ बजेदेखि ४ बजेसम्म बस्ने कार्य जारी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार अागामी १ जनवरी २०२४ भित्र १८ वर्ष पुग्ने युवाहरूले पनि मतदाता सूचीमा नाम दर्ता गराउन सक्ने भएको छ। त्यसरी नै मतदाता सूचीमा नाम अन्तर्भुक्त, नाम संसोधन, स्थान्तरण र बियोजन गराउन पनि प्रावधान राखिएको छ। यी सबैको लागि अनलाइन काम गर्नलाई वेबसाइट www.elector.eci.gov.in मा गएर दर्ता गराउन सक्ने बताइएको छ। अनलाइन आवेदनको लागि स्थानीय विभिन्न कार्यालयहरू महकुमा शासकके कार्यालय, खण्ड विकास कार्यालय, नगरपालिका कार्यालय र प्रत्येक ग्राम पञ्चायत कार्यालयतिर पनि सेवा केन्द्रहरू राखिएको तथा बंगला सहायता केन्द्रबाट पनि नि:शुल्क लाभ उठाउन सक्ने बताइएको छ। यसको अतिरिक्त कुनै असुविधा भएको खण्डमा हेल्प लाइन नम्बर ७०७६६-२६०७० मा सम्पर्क गर्न सक्ने पनि जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement