कोलकाताः दुर्गा पूजा सरह यस पाली काली पूजाको निम्ति पनि कोलकाता मेट्रो ट्रेनको समयमा फेरबदल गरिएको छ। यस पाली राति १० बजीसम्म मेट्रो सेवाहरू उपलब्ध रहनेछ। सूत्रहरू अनुसार, आइतवार दुई स्पेशल मेट्रो चलाइनेछ। दक्षिणेश्वर काली मन्दिर र कालीघाटमा श्रद्धालुहरूको भीड़लाई ध्यानमा राखेर विशेष मेट्रो चलाउने निर्णय लिइएको छ। आइतवार अर्थात् काली पूजाको दिन कूल १३२ मेट्रो चल्नेछ। बिहान निर्धारित समयमा सेवा शुरू हुनेछ।
दमदम-दक्षिणेश्वर, कवि सुभाष-दक्षिणेश्वर, दमदम-कवि सुभाष, दक्षिणेश्वर-कवि सुभाषको निम्ति पहिलो मेठ्रो ट्रेन बिहान ९ बजी कुदनेछ। राति अतिरिक्त मेट्रो उपलब्ध रहनेछ।
-हिस