कोलकाताः पश्चिम बंगालमा भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) को टीमले ५६ लाख रूपियॉंको सून जफत गरेको छ। बीएसएफले शनिवार जारी गरेको बयान अनुसार, एक दिनअघि शुक्रवार नदिया जिल्लामा सीमा चौकी बेतई छेउ सूनको आठ बिस्कुट बरामद गरिएको छ, जसको वजन ९३३.५४ ग्राम छ। यसको अनुमानित मूल्य ५६ लाख ५३ हजार ७४२ बताइएको छ।
बीएसएफले आफ्नो बयानमा भनेको छ, एक तस्करले बांग्लादेशको सीमाबाट भारतीय सीमातिर एउटा झोला फ्याक्ने प्रयास गरिरहेका थिए, जसलाई देखेपछि बीएसएफका जवानहरूले समाते। उसको नाम नदिया जिल्लाको तेहत थाना क्षेत्र निवासी गौतम राय बताइएको छ। उसलाई बांग्लादेशको तस्करबाट सूनको बिस्कुट प्राप्त भएको थियो। झोलामा सूनको बिस्कुट भेटिएको छ। बीएसएफले कानूनी कारबाहीको निम्ति आरोपित व्यक्ति र सूनको बिस्कुट कस्टम विभाग, चपरालाई सुम्पेको छ।
-हिस