चियाबारीमा जमीनको सर्भे गर्न तीनवटा समिति गठन हुने

IMG-20231111-WA0216.jpg

जसको जति जति जमीन छ, त्यो जमीनको सर्भे हुनेछ। सर्भेमा कुनै रुकावट आउनु हुँदैन: राजेस चौहान

दार्जिलिङ: विभिन्न चिया श्रमिक संगठनहरूलाई लिएर आज दार्जिलिङको लालकोठीमा एउटा बैठक बस्यो। बैठकमा चियाबारीमा हुन गईरहेको जमीनको सर्वेक्षण कसरी गर्नु पर्ने भन्ने विषयमा छलफल भएको जीटीए सभाको डेपुटी चेयरम्यान राजेश चौहानले जानकारी दिएका छन्। उनले भने, “गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका चिफ् अनित थापाको निर्देश अनुसार जीटीए क्षेत्रका विभिन्न चिया श्रमिक संगठनहरूलाई लिएर आज लालकोठीमा एउटा बैठक बस्यो। चियाबारीको जमीनको सर्भे गर्नुपर्छ भन्ने गत 5 नोभेम्बरकाे दिन खरसाङ सर्किट हाउसमा बसेको बैठकमा पारित गरिएको निर्णय अनुसार नै आजको बैठक बसेको हो।”
बैठकको निर्णय विषय बोल्दै उनले भने,  “जमीन सर्भेको निम्ति दुई वटा समिति बनिने छ जसमा जिल्ला स्तरीय अनि ब्लक स्तरीय समिति। जिल्ला स्तरिय समितिलाई सुपर भाइजरी कमिटी भनिने छ। ब्लक स्तरीय समितिलाई Program प्रोग्राम इमप्लिमेन्टेशन कमिटी भनिने छ।
जिल्ला स्तरमा जीटीए, जिल्ला प्रशासन अनि विभिन्न चिया श्रमिक सङ्गठनका प्रतिनिधिहरू सदस्य रहनेछन्। यसको बैठक चाँडै हुनेछ। ब्लक स्तर समितिमा चिया श्रमिक सङ्गठन अनि ब्लक स्तरीय सरकारी निकायका प्रतिनिधिहरु सदस्य रहनेछन्।
तेस्रो स्तरमा हरेक चिया बगानमा विभिन्न श्रमिक सङ्गठनका प्रतिनिधिहरूलाई लिएर बगान स्तरीय समिति गठन हुनेछ।
यी तीनै स्तरमा समिति गठन भएपछि चियाबारीको जमीनको सर्भे शुरु हुनेछ।”
चिया सुरक्षा समितिका बन्दना राईले सर्भेको विरोध गरेको माथि बयान दिँदै चौहानले भने, “सर्भे त हुन्छ नै। जसको जति जति जमीन छ, त्यो जमीनको सर्भे हुनेछ। सर्भेमा कुनै रुकावट आउनु हुँदैन।”
जोईन्ट फोरमका प्रतिनिधि सुनिल राईले यही विषयमा थप भने, “बन्दना राईले सञ्चालन गर्ने चिया सुरक्षा समिति, पञ्जिकृत नभएको संस्था हो। उनीहरूले के गर्छ त्यसको जोईन्ट फोरमले कुनै वास्ता राख्दैन। सर्भेको निम्ति सबै श्रमिकले सहयोग गरिदिने फोरम अपील गर्दछ।”
जोईन्ट फोरमका प्रतिनिधि सुनिल राईले जीटीएको पहललाई जोईन्ट फोरम स्वागत जनाउँछ भन्दै आजको बैठकबारे भने, “सर्भे जिल्लापालको देखरेखमा हुनेछ। पहिला जमीनको सर्भे गरेर कुन श्रमिकको कति जमीन छ त्यो जानकारी लिनु आवश्यक छ। सर्भेको निम्ति कुनै रोकटोक छैन। सर्भे सुरु गर्नु अघि जिल्ला स्तरीय समितिको सभा हुनेछ। त्यसपछि पट्टाको मुद्दामाथि कार्य हुनेछ।”
आजको बैठकमा पहाडका सम्पूर्ण चिया श्रमिक सङ्गठनका प्रतिनिधिहरु, डेपुटी चेयरम्यान राजेश चौहान,  भूमि अनि भूमि सुधार विभागका कार्यकारी सभासद सतीश पोख्रेल, साम्देन डुक्पा, ईडी, सोनाम भुटिया ईडी अनि भूमि अनि भूमि सुधार विभागका एडीएम राम तामाङ उपस्थित रहेका थिए। स्मरण रहोस् गत ५ नोभेम्बरकाे दिन खरसाङको सर्किट हाउसमा बसेको बैठकमा सम्पूर्ण श्रमिक संगठनहरूले जमीन सर्भे गर्ने विषयमाथि एकमत भएर समर्थन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement