लंकापाड़ा मिलन क्लब सजिलै क्वार्टर फाइनलमा

IMG_20220719_205926.jpg

१९ जुलाईः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा लंकापाड़ा मिलन क्लब सजिलै क्वार्टर फाइनलमा पुग्यो। रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत मंगलवार भएको पूल ए-को म्याचमा लंकापाड़ा मिलन क्लबले काठालगुरी बीबीएस-लाई ६-०-ले पिट्यो। विजेता टीमबाट श्यामल कार्जीले ह्याट्रिक गरे। यसबाहेक राज हेम्बरम, अंकित मंगर र निरकाल थापाले १-१ गोल गरे। विजेता टीमका श्यामल कार्जीलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र सोल्खापाड़ाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच २ र ४ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल म्याच ७ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षबाट कोषाध्यक्ष देवराज छेत्रीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement