अप्पर मामरिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20231111-WA0179.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत अप्पर मामरिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। उक्त स्वास्थ्य जाँच शिविरको आयोजना हिमालयन फ्रि चर्च, मानव मुक्ति ट्रस्ट र संयुक्त इसाई एकता मञ्चको संयुक्त आयोनामा सम्पन्न भएको छ। अप्पर मामरिङको लोवर पार्टस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा डाकटरहरू सिलगढीबाट उपस्थित रहेका थिए। यस शिविरमा साधारण रोग विशेषज्ञ डा. अनुप मण्डल र अन्यहरू उपस्थित रहेका थिए। यस शिविरमा मामरिङ क्षेत्रका लगभग १०० जनाभन्दा धेरैले विभिन्न रोगहरूको जाँच गराएका थिए भने दबाईहरू प्राप्त गरेका थिए।

यस अवसरमा तीनै संस्थाको पदाधिकारीहरू उपस्थित रहेका थिए। यस नि:शुल्क स्वास्थ्य जाँच शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै साधारण रोग विशेषज्ञ डा अनुप मण्डल र हिमालयन फ्रि चर्चको तर्फबाट तिमोथी मुखियाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement