हङकङ मार्केट नजाने बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको आह्वान्

IMG-20231111-WA0182.jpg

खरसाङ: केही समय अघि सिलगढीको हङकङ मार्केटमा नेपालीमाथि भएको घटनालाई लिएर बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले त्यहाँ नजाने सबैलाई आह्वान् गरेका छन्। उनले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै हङकङ मार्केटमा हाम्रो मान्छेहरू एकदमै नजानु पर्ने हो भन्दै हामी यसलाई पूर्णरूपमा बयकट गर्नु पर्ने आह्वान् नै गरेका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले यस विषयमा भने, यो मार्केट चोर बजार हो भन्दै त्यहाँ चोर्ने र लुट्ने काम बेसी हुने हुनाले त्यहाँ नजाने आह्वान् गर्दछु। नेपाली भनेपछि जुनै ठाउँको भए पनि एउटै हो। आमाको छेउमै १५-१६ वर्षको नानीलाई दोकानभित्रबाट निस्केर लट्ठीले हिर्काउनु राम्रो भएन। त्यस्तो गर्नु गलत हो।’ उनले अघि भने, त्यस्तो घटना देखेर क्षेत्रीय सत्तामा रहने पार्टीले ठूलो भूमिका खेल्दै न्याय दिलाउनु पर्ने हो। तर सरकारसित मिलेको भन्छ र पनि केही गरेन। पुलिस प्रशासनले पनि कार्वाही गर्नु पर्ने र दोकानेको लाईसेन्स रध्द गर्नुपर्ने हो।’ पेम्बा रिम्पोर्छेले हाम्रो मान्छेहरू हङकङ मार्केट एकदमै नजानु पर्ने हो भन्दै अहिले पनि जानेहरु झैं विष नभएको साँप र ईख नभएको मानिस एउटै हो भनी बताएका छन्। उनले उक्त घटनाको विरोध गर्दै सबै नेपाली/गोर्खालीहरू नजानु पर्ने र हङकङ मार्केट बयकट गर्ने सबैलाई आह्वान् गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *