गान्तोक: राज्यका विभिन्न महाविद्यालयहरूमा हिजो सम्पन्न भएको स्टुडेन्ट रिप्रेजेन्टेटिभ काउन्सिलका चुनाउमा विजयी उम्मेद्वारहरूलाई मुख्यमन्त्री प्रेम सिंह तामाङले हार्दिक बधाई साथै शुभकमाना दिएका छन्। यी उदीयमान नेताहरूलाई स्वीकार गर्दै मुख्यमन्त्रीले चुनावी नतिजाले आफ्ना साथीहरूले दिएको विश्वास प्रमाण भएको बताए।
यसका साथै उनले नवनिर्वाचित विद्यार्थी संगठनहरूलाई आफ्ना साथी विद्यार्थीहरूले आफूमा राखेको विश्वासलाई पूरा गर्न समर्पणका साथ काम गर्न आग्रह गरेका छन्। उनले आफ्नो कार्यकाल सफल प्रयास, सार्थक उपलब्धिहरू र समग्र विद्यार्थी अनुभव बृद्धि गर्ने प्रभावकारी योगदानहरूद्वारा चिन्हित हुने आशा व्यक्त गरेका छन्।