द्विपक्षीय बैठकमा भारत-अमेरिकाबीच रक्षा औद्योगिक सहयोग बढ़ाउनेमाथि फोकस

20231110182L.jpg

नयाँ दिल्ली: रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार नयाँ दिल्लीमा अमेरिकी रक्षामन्त्री लयड अस्टिनसित द्विपक्षीय बैठक गरे। दुवै मन्त्रीहरूले व्यापक रक्षा औ रणनीतिक विषयहरूमाथि चर्चा गरे। बातचितमा रक्षा औद्योगिक सहयोग बढ़ाउने तथा दुवै पक्षका रक्षा उद्योगहरू सँगै मिलेर सह-विकास तथा रक्षा प्रणालीहरूको सह-उत्पादन गर्नेमाथि विशेष फोकस गरियो।

दुवै देशका मन्त्रीहरूले महत्वपूर्ण क्षेत्रहरूमा संयुक्त अनुसन्धानसितै रक्षा प्रौद्योगिकी सहयोगलाई अघि बढ़ाउने उपाय तथा साधनाहरूमाथि चर्चा गरे। उनीहरूले भारत-अमेरिका रक्षा औद्योगिक इकोसिस्टम, इण्डस-एक्सको प्रगतिको समीक्षा गरे जसलाई यसै वर्षको जूनमा लन्च गरिएको थियो जसको उद्देश्य भारत अनि अमेरिकी सरकारको व्यवसाय एवं अकादमिक संस्थानहरूमाझ रणनीतिक प्रौद्योगिकी साझेदारी तथा रक्षा औद्योगिक सहयोगको विस्तार गर्नु हो। अमेरिकी रक्षामन्त्री अस्टिनले बहरीनस्थित मुख्यालयको बहुपक्षीय संरचना, संयुक्त समुद्री बलहरूको पूर्ण सदस्यता बढ़ाउने भारतको निर्णयलाई स्वागत गरे।

रक्षामन्त्री राजनाथ सिंहले अमेरिकी रक्षा पीओडब्ल्यू एमआईए अकाउण्टिङ्ग एजेन्सी मिशनको अंशको रूपमा असममा जफ्त गरिएका केही वस्तुहरूलाई प्रतीकात्मक रूपमा अमेरिकी रक्षामन्त्रीले अस्टिनलाई सुम्पिदिए। यी वस्तुहरूमा द्वितीय विश्व युद्ध कालको अमेरिकी सेनाहरूको प्याराशूट, उर्दी र हवाई जहाजको अंग सामेल छन्। दुवै देशका मन्त्रीहरूले बातचितको अन्तमा आफ्नो टीमको लागि भविष्यको संयुक्त कार्यकोलागि एजेण्डा तयार गरे।

About Author

Advertisement