विजय हजारे ट्रफीको निम्ति सिक्किम टीम घोषित

0289211_0289211_sport11s.png

गान्तोक: विजय हजारे ट्रफी २०२३-२४ को निम्ति सिक्किमको टीम घोषणा गरिएको छ। टुर्नामेन्ट आगामी २३ नोभेम्बरदेखि बेङलुरूमा शुरू भइरहेको छ।

टीममा आशिष थापा, अंकुर मलिक, अरूण छेत्री, विजय प्रसाद, जेम्स लेप्चा, राहुल तामाङ, ली योङ लेप्चा, मो. सप्तुल्लाह, निलेश लामिछाने, पाल्जोर तामाङ, पंकज रावत, भीमलाल लुॅंइटेल, सौरभ कुमार प्रसाद, प्रणेश छेत्री र सुमित सिंह सामेल छन्।

यसैगरी, सोनाम पाल्देन भोटिया र आमोश राई प्रशिक्षक रहेका छन् भने टाशी तोप्देन टीम म्यानेजर रहेका छन्।

यसरी नै आर्डोन तार्गेन फिडियो हुन् भने सतीश रेड्डी एस एण्ड सी कोच रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement