पीएमयूवाई ३.० बारे सचेतना कार्यक्रम सम्पन्न

00-1-Rajya-Samachar-4

गेजिङ: ३.० प्रधानमन्त्री उज्ज्वला योजना अन्तर्गत गरिब/बीपीएल घरधुरी महिलालाई एलपीजी जडान सम्बन्धी सचेतना कार्यक्रम आज गेजिङ बजारमा सम्पन्न भयो।

गेजिङ जिल्ला उज्ज्वला योजना समितिको आयोजनामा भएको उक्त कार्यक्रममा गेजिङ नगर पञ्चायतका सभापति देवेन्द्र प्रसाद शर्मा, वार्ड पार्षद रिन्जिङ भोटिया, वरिष्ठ प्लान्ट प्रबन्धक श्यामल कुमार वर्मा, डीएससीओ अर्जुन राई, बजार निरीक्षक केशाङ शेर्पा, एलएमयू निरीक्षक सौरभ छेत्री आदि उपस्थित थिए।

कार्यक्रममा पीएमयूवाई ३.० अन्तर्गत एलपीजी जडानको बारेमा जानकारी दिइयो। वरिष्ठ प्लान्ट प्रबन्धकले योजनाका फाइदाहरू, आवेदन गर्ने तरिका, कागजात आवश्यकता र योग्यता मापदण्डहरूबारे जानकारी दिए।

डीएससीओ गेजिङले योग्यता मापदण्ड, कागजातको आवश्यकता र आवेदनको तरिकाको सम्बन्धमा थप विवरण दिए र यस योजनाको लाभ अरूलाई पनि जानकारी गराउन र आवश्यक कागजातहरू सहित नजिकैको ग्यास एजेन्सीमा जान आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement