गैर सरकारी संस्थाहरुलाई लिएर स्वास्थ्य सचेतना कार्यक्रम

IMG-20231110-WA0348.jpg

गान्तोक: सिक्किम एन्टी ड्रग्स अनि पूर्नवास एसोसिएशनको पहलमा राज्यमा सञ्चालित गैर सरकारी संस्थाका प्रतिनिधिहरूलाई लिएर स्वास्थ कार्यक्रम आयोजना गरियो। पूर्व जिल्लाका अतिरिक्त जिल्लापाल कार्यालयमा सम्पन्न भएको कार्यक्रममा विशेष गरेर राज्यमा सञ्चालित गैर सरकारी संस्थाहरूलाई लिएर मानसिक रोग र क्षयरोग निवारणमाथि छलफल गरिएको जानकारी गराइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि दिपेन सुब्बाले यस कार्यक्रमको माध्यमद्वारा राज्यका युवाहरूलाई उद्यामी श्रेत्रमा अघि बढाउनु पर्ने विषयमाथि जानकारी गराउने बेरोजगार समस्या समाधान गर्न गर्न यस कार्यक्रमले सहयोग पुग्ने सम्भावना व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका सल्लाहकार एवम संस्थाका प्रमुख स्रोत वक्ता रोहित राज महाराजले धार्मिक परम्परा अनुसार विभिन्न समस्याको समाधान गर्न सक्ने विश्वास व्यक्त गरे। उनले राज्यमा सञ्चालित गैर सरकारी संस्थाहरूलाई मानिसहरूको हितमा दीर्घम्यादी काम गर्नुपर्ने आग्रह गरे।सोही प्रकारले मुख्यमन्त्रीका अतिरिक्त राजनितिक सचिव विशाल शर्माले यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्यबारे प्रकाश पारे। यसरी नै पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले मानिसहरूको जीवन जिउने तरिकामा परिवर्तन भएको अवगत गराउँदै उनले आफ्नो अनुभव बाँडे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement