गान्तोक: कोयम्बटोरमा आयोजना भइरहेको जुनियर नेश्नल्स प्रतियोगितामा राज्यका सबिना राईले रजत पदक हासिल गरेर राज्यको नाम रोशन गरेकी छन्। उनी दुई हजार मिटर्सको स्टेपलिचेसमा दोस्रो बनेपछि रजत पदक प्राप्त गरेकी छन्। सुश्री सबिना राई खेलो इन्डिया सेन्टर अफ एक्सिलेन्स फर एथलेटिक्स, गान्तोककी विद्यार्थी पनि हुन्। उनको यो ठूलो उपलब्धिको लागि सिक्किम एथलेटिक्स एसोसिएसनले हार्दिक बधाई दिँदै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्नको निम्ति शुभकामना दिएको छ। सो प्रतियोगिताको निम्ति सिक्किम एथलेटिक्स एसोसिएशनले राज्यबाट कूल १२ जना प्रतियोगीहरूलाई पठाएको थियो।











