मुख्यमन्त्रीले दिसम्बरमा उत्तर बंगालको भ्रमण गर्ने

CM-Mamta-Banerjee-4-1

काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी एक पल्ट फेरि यस वर्षको अन्तमा उत्तर बंगाल जानेछिन्। राज्य सचिवालयका एक अधिकारीले शुक्रवार यसबारे जानकारी दिए।

जानकारी अनुसार, अहिले मिति तय भएको छैन तर दिसम्बर महिनाको मध्यमा उनी उत्तर बंगाल जान सक्छिन्। लोकसभा चुनाउअघि उनको यो महत्वपूर्ण यात्रा हुनेछ। ५ दिसम्बरपछि सीएमले यात्रा गर्ने सम्भावना छ।

सूत्रहरू अनुसार, त्यहाँ दुई प्रशासनिक बैठकहरूलाई सम्बोधित गर्नेछिन् र चिया कमानका श्रमिकहरूसित पनि भेट गर्नेछिन्। २०१९ को लोकसभा चुनाउमा उत्तर बंगालमा भारतीय जनता पार्टीले राम्रो प्रदर्शन गरेको थियो र तृणमूल कांग्रेसको हात निःराशा लागेको थियो। यस पाली २०२१ विधानसभा चुनाउपछि तृणमूल कांग्रेसले उत्तर बंगालमा पनि राम्रो प्रभाव छोड़ेको छ। लोकसभा चुनाउमा पार्टीलाई अझ् अधिक फायदा पुगोस्, तृणमूल यस अभियानमा जुटेको छ। यस दृष्टिले ममताको यो यात्रा धेरै महत्वपूर्ण हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement