महिलाको हातबाट पैसा थुतेर चम्पट बाइकसवार लुटेराहरु

IMG-20220719-WA0147.jpg

कालचिनी: दिनको उज्यालोमा नै आज एकजना वृद्धा महिलाको हातबाट एक लाख रुपियाँ थुतेर दुईजना बाइकसवार लुटेराहरु चम्पट कसेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार, आज दिउँसो हाँसीमाराको एउटा ब्याङ्कबाट भर्नाबारी चियाबारीको एकजना अवसरप्राप्त वृद्धा श्रमिक महिला गंगी बाक्लाले आफ्नो पीएफ रकमको एक लाख रुपियाँ लिएर घर फर्किरहेको समय भर्नाबारी जोन लाईनमा पुग्दा पछिल्तिरबाट दुईजना अज्ञात बाइकसवार आएर ब्याग सहित उक्त रकम थुतेर चम्पट कसेको थियो। घटनाले एकैक्षणमा क्षेत्रमा सनसनी मच्चिएको थियो भने पीड़िता वृद्धा महिला र तिनको परिवार सदस्यहरुले यस सम्बन्धमा हाँसीमारा आउटपोस्टमा अभियोग दर्ता गरेको बताईएको छ।
घटना सम्बन्धमा स्थानीय पञ्चायत सदस्य बाबुराम लोहारले भई नभई कमानबाट अवकाशप्राप्त भएकी श्रमिक महिलाको पीएफ रकमको पैसा छोरीहरुको नर्सिङ पढ़ाईको निम्ति आज निकालेको रहेछिन तर अपराधी लुटेराहरुले त्यो पनि लुटेर चम्पट कसेको घटनालाई पुलिस प्रशासनले गम्भीरतापूर्वक जाँच गर्नु पर्ने र चोरहरुलाई पक्राउ गर्नु पर्ने दाबी गरेका छन।
अर्कोतिर पीड़ित महिलाकी ठूलो छोरा जय बाक्लाले आफू दाउरे काम गरेर परिवारको भरन पोषण गर्दै आईरहेको र आमाले राखेको पीएफको पैसा पनि आज आधा बाटोमा नै चोरहरुले लुटेर भागेकोले परिवार नै मर्कामा परेको दुखेसो गरेका छन। यता घटना सम्बन्धमा पुलिसले जाँच चलाईरहेको बताएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement