खरसाङ: सन्तमाया फाउण्डेशन खोलाचन फापरी, सालुगढा सिलगढीद्वारा टिस्टा बाढ़ पिढीतहरूलाई सहयोग प्रदान गरेका छन्।सन्तमाया फाउण्डेशनद्वारा कालेबुङ जिल्ला अन्तर्गत टिस्टा रम्बि, रियाङ र भालु खोला गाउँमा रहेका जम्मा ३३ बाढी पिढीत परिवारहरुलाई सानो सहयोग स्वरुप नगदराशि १००० (एक हजार) रूपियाँ गरेर प्रदान गरेको छ। यस सहयोग कार्यमा सन्तमाया फाउण्डेशनको पक्षमा भरत राई, दानियल टि लामा, पिटर थापा ‘कोशिश’, नोर्देन शेर्पा, बिनिता सापकोटा, पावल राई, ज्योति, कपिल बानियाँको टोली गएर प्रदान गरेका छन् भने उक्त टोलीले बाढ़ पिढीतहरू समक्ष गएर अन्य खाँचोका कुराहरू विषयमा पनि निरीक्षण गरेका थिए।

यस कार्यमा कालेबुङका मल्टी भिजनका टिमले पनि साथ दिएका थिए भनी सन्तमाया फाउण्डेशनको पक्षमा पिटर थापा ‘कोशिष’ ले जानकारी दिएका छन्।