खरसाङ बजारमा तिहारको रमझमसितै धनतेरसको सौदापात गर्नेहरूको भीड़

IMG-20231110-WA0323.jpg

खरसाङ: खरसाङ बजारमा तिहारको सौदापात गर्नेहरू साथै धनतेरसको सौदा गर्नेहरूको निक्कै भीड़ देखिएको छ। खरसाङ बजारमा तिहारको रमझम निक्कै बेसी देखियो। आज तिहारको पहिलो दिन काग तिहार हो भने खरसाङ बजारमा धनतेरसको सौदापात गर्नेहरूको भीडभाड़ देखियो। मानिसहरूमा अहिले धनतेरसको सौदापात गर्ने चलन रहेको छ। विशेष गरेर धनतेरसमा सुन चाँदी, ताँबा, पित्तल साथै धातुको चीजबीजहरू किन्ने प्रचलन रहेको छ। यसै प्रचलन अनुसार मानिसहरूले विभिन्न धातुको सर सामानहरू किन्नलाई खरसाङ बजारमा निक्कै बैसी भीडभाड देखिएको छ। यसको साथै तिहारको लागि सर सामानहरू किन्नलाई पनि मानिसहरूको भीडभाड निक्कै बेसी देखियो। खरसाङ बजारमा पनि तिहारको लागि चाहिने विभिन्न सर सामानहरूको बिक्रीमा राखिएको छ। मानिसहरू धातुको सर सामानहरू, सुन चाँदी लगायत विभिन्न सामानहरू किन्न व्यस्त रहेको देखियो।

आज तिहारको पहिलो दिन साथै धनतेरसको अवसरमा खरसाङ बजारमा मानिसहरूको निक्कै बेसी भीडभाड देखिए पनि सर सामानहरु भने ज्यादा बिक्री नभएको दोकानदारहरू बताउँछन्। मानिसहरूको भीडभाड रहे पनि गत वर्षहरू झैं यसपाली खरसाङ बजारमा भनेको जस्तो यर सामानहरू बिक्री नभएको दोकानदारहरूको गुनासो रहेको छ। यसको मुख्य कारण अनलाइन शपिङले पनि हुनसक्ने अनुमान गरिएको छ। बिहानको समय बेसी बिक्री नभए पनि अपरान्ह र साँझको समयसम्ममा बिक्री बट्टा बढ्न सक्ने अनुमान दोकानदारहरूले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement