विभिन्न खेलकूदहरू आयोजना र पहाड़का नानीहरूलाई राज्य स्तरीयसम्म लानलाई जीटीए सचिवालयमा सभा सम्पन्न

IMG-20231110-WA0297.jpg

खरसाङ: जीटीएको खेलकूद अनि युवा मामिला विभागका एमओडी सभासद नवराज छेत्रीके पहलमा खरसाङको गिध्द पहाड़स्थित जीटीएको सचिवालय भवनमा एक सभा सम्पन्न भएको छ। उक्त सभामा खरसाङ रेफरी एसोसिएशन, खरसाङ सर्कल क्षेत्रका खेलकूद शिक्षकहरू, खरसाङ फुटबल एसोसिएशन साथै पश्चिम बंगाल काउन्सिल अफ् खेलकूद संघको पदाधिकारीहरू उपस्थित रहेका थिए। उक्त सभामा खरसाङका पूर्व फुटबल खेलाड़ी तथा राष्ट्रिय स्तरको कोच क्रिस्पिन छेत्रीलाई सम्मान दनाइएको छ। उक्त सभामा अागामी दिनमा आयोजना गरिने विभिन्न खेलकूद कार्यक्रमहरू विषयमा चर्चा परिचर्चा गरिएको छ। यस विषयमा क्रिस्पिन छेत्रीले आगामी दिनमा आयोजना गरिनु पर्ने फुटबल टुर्नामेन्टहरू जस्तै अण्डर १४, अण्डर १५, अण्डर १९ फुटबल टुर्नामेन्टहरू आयोजना गर्नु पर्ने विषयमा सुझाव राखेका छन्। सभामा दार्जिलिङ पहाड़का नानीहरूले झेल्दै आएका विभिन्न समस्याहरू विषयमा पश्चिम बंगाल गेम्स एण्ड स्पोट्सको सभापति सुष्मा मिसले जानकारी गराएका थिए।

सभामा जीटीएको खेलकूद अनि युवा मामिला विभागको एमओडी सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा आगामी दिनमा जीटीएले पहाड़का नानीहरूका लागि विभिन्न खेलकूदहरू आयोजना गर्ने तथा फुटबलरहरूका लागि अवसरहरू सिर्जना गर्ने बताएका छन्। उनले भविष्यमा विभिन्न खेलकूदहरू आयोजना गर्नलाई जीटीएले थुप्रै योजनाहरू तयार पारेको बताए। सभासद नवराज छेत्रीले जीटीए क्षेत्रका नानीहरूलाई विभिन्न खेलकूदहरूमार्फत् राज्य स्तरीय खेलहरूमा सहभागीको लागि लाने र यसको लागि वार्षिक सूची पारेर सम्पूर्ण खेलकूदमा काम गर्ने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement