सिलगढी: प्रत्येक वर्ष १४ जुलाईदेखि २० जुलाईसम्म पश्चिम बंगाल राज्यभरि नै वन महोत्सव कार्यक्रम पालन गर्ने गरिन्छ। बन जोगाउ पर्यावरण बचाउ अनि आफ्नो भविष्य बचाउ। यसै कार्यक्रम अन्तर्गत पश्चिमबंग राज्य सरकारी फेडरेसन एवम् अरण्य शाखा दार्जिलिङ जिल्ला समतलको पक्षबाट आज एक हजार रुखका विरुवाहरू वितरण गरेको छन्। अरण्य शाखाका सदस्यहरूले आज सडकमा आवत-जावत गर्ने मानिसहरूले रुखका विरुवाहरू वितरण गरे। यस सम्बन्धमा संगठनका सचिव अशोक ब्यानर्जीले भने, वन महोत्सवको उपलक्ष्यमा आज मानिसहरूलाई एक हजार रुखका विरुवाहरू वितरण गर्नको साथै यी विरुवाहरूको संरक्षण गर्ने अपील पनि गरियो।