हावड़ामा जूट मिलको छत झऱ्यो, मजदूरहरू दबिएको आशंका

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता छेउ हावडा जिल्लामा एउटा जूट मिलको छत झरेको छ, जसमा धेरै मजदूरहरू दबिएको आशंका व्यक्ति गरिएको छ। जानकारी अनुसार, शुक्रवार बिहान हावडा जिल्लाको मालीपांचघाडा थाना क्षेत्रमा घुसडीस्थित हनुमान जूट मिलको छत झऱ्यो। बिहान लगभग ६ बजी भएको यस घटनामा कसैको ज्यानलाई हानि पुगेको सूचना छैन।

नाइट शिफ्ट समाप्त भएपछि जब मजदूरहरू आफ्नो मर्निङ शिफ्टका सहकर्मीहरूलाई काम सुम्पेर बाहिर निक्लिरहेका थिए, त्यही समय ठूलो आवाजका साथ छत झऱ्यो। सूचना पाएपछि मालीपांचघडा थानाका पुलिस तत्काल त्यहॉं आइपुग्यो। अग्निशमन विभागलाई पनि सूचना दिइएको छ। बाली र लिलुआ थानाका पुलिसहरू पनि घटनास्थलमा आइपुगेका छन्।

अग्निशमन कर्मी र पुलिसकर्मीहरूले स्थानीय मानिसहरूको सहयोगमा मजदूरहरूलाई निकाल्ने काम गरिरहेका छन्। घाइते मजदूरहरूलाई हावडा स्टेट जनरल अस्पतालमा उपचारको निम्ति पठाइएको छ। घटनास्थलमा कतिजना दबिएका छन् भन्ने अहिले स्पष्ट भएको छैन। पुलिस कमिश्नर प्रवीण त्रिपाठीले भने, छतमुनि धेरै मानिसहरू दबिएका छन्। सबैलाई तत्परताका साथ निकालेर अस्पताल पठाइॅंदैछ। अर्कोतिर, श्रमिकहरूले प्रबन्धनमाथि श्रमिकहरूको ज्यानको परवाह नगरेको आरोप लगाएका छन्। पुरानो भवनमै नयॉं निर्माण चलिरहेको थियो भने यसलाई लिए आपत्ति पनि जनाइएको थियो। तर, प्रबन्धनले विरोध गर्ने श्रमिकहरूलाई कामबाट निकाल्ने धम्की दिएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement