प्लास्टिक सामानहरूको गोदाममा आगो लाग्यो

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता छेउ हावडा जिल्लाको फरेशोर रोडको एउटा गोदाममा शुक्रवार बिहान भयावह आगो लागेको छ। आगो निभाउन अग्निशमन विभागको १२ वटा खटाइएको छ। यस अतिरिक्त, वाटर पम्पिङ्गको निम्ति तीनवटा पम्प पनि उपयोगमा ल्याइएको छ।

आगो र धुवॉंको मुस्लो एक किलोमिटर टाडासम्म देखिॅंदै छ। चिन्ताको विषय छेवैमा पेट्रोल पम्प रहेको छ। पम्पलाई बन्द गरिएको छ। अग्निशमन विभागका गाडीहरूको आवागमन आवागमन लगातार जारी छ। यसलाई ध्यानमा राख्दै फरेशोर रोडको एउटा भागलाई बन्द गरिएको छ। हावडा र शिवपुर थानाका पुलिस घटनास्थलमा उपस्थित छन्। सूचना पाएपछि अग्निशमन मन्त्री सुजीत बोस पनि घटनास्थलमा पुगेका छन्।

अग्निशमन विभागका एक अधिकारीले भने, फरेशोर रोडको एउटा प्लास्टिकको गोदाममा आगो लागेको छ। यहॉं भारी मात्रामा ज्वलनशील सामानहरू थियो जसकारण आगो द्रुत गतिमा फैलियो। अग्निशमन कर्मीहरूले चारैतिरबाट पानी हालेर आगो निभाउने प्रयास गरिरहेका छन्। बिहान समाचार लेखुन्जेलसम्म आगो निभाउने प्रयास जारी रहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement