२१ जुलाई भाजपालाई किन महत्वपूर्ण?…   

BJP-Flag-1

कोलकाता:  जुलाई २१ मा तृणमूलको शहीद दिवसको दिन भारतीय जनता पार्टी (भाजपा) ले पनि हावड़ाको उलूबेरियामा जनसभा गर्नचाहन्छ। यसलाई लिएर उच्च अदालतले आलोचना गर्दै ‘आखिर जुन दिन सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसको जनसभा हुनुछ त्यही दिन तपाईलाई पनि जनसभा किन गर्नुछ’, भनी सोधेको छ। विपक्षी नेता शुभेन्दु अधिकारीले जनसभाको अनुमति दिने माग गर्दै याचिका लगाएका थिए, जसमा मङ्गलबार सुनवाई भएको छ। सुनवाई गर्दै न्यायाधीशले सोधे, ‘२१ जुलाईको यस्तो के विशेष महत्व छ कि त्यही दिन तपाईलाई पनि जनसभा गर्नुछ? के त्यस दिन गुरूदेव रवीन्द्रनाथ टैगोरको जयन्ती हो? यदि तपाईले गुरूदेव रवीन्द्रनाथ टैगारको जयन्ती मनाएको भए म कहिले पनि रोक्ने थिइन, तर २१ जुलाईमै जनसभा गर्ने यस्तो के छ र! २२ वा २३ जुलाईमा पनि गर्नसक्छन्, त्यसमा त कतै कुनै असुविधा छैनl’

उल्लेख्य, हरेक साल तृणमूल कांग्रेसले २१ जुलाईको दिन शहीद दिवस कार्यक्रम गर्ने गर्दछ र धर्मतल्लामा हुने यस महासम्मेलनमा राज्यभरिबाट पार्टीका कार्यकर्ताहरू एकत्र हुन्छन्। यो ममता ब्यानर्जीको आधिकारिक शक्ति प्रदर्शनको दिन मानिन्छ र यस दिन पूरा शहरमा ट्रेफिक व्यवस्था अस्तव्यस्त रहन्छ। यस पाली पनि धेरै निजी स्कूलहरूले अगावै स्कूल बन्द गर्ने घोषणा गरेका छन्। यसबीच भाजपाले त्यही दिन हावड़ाको उलूबेरियामा जनसभा गर्नचाहन्थ्यो जसलाई लिएर अदालतले तिखो टिप्पणी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement