यौन प्रजनन स्वास्थ्य परिसेवा लिएर एफपीएआईको पत्रकार सम्मेलन

IMG-20230528-WA0320-5-300x172-2

कालचिनीः फेमिली प्लानिङ एसोसिएशन अफ इन्डिया कालचिनी शाखाद्वारा शुक्रबार कालचिनी स्थित एफपीएआईको कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरियो। उक्त पत्रकार सम्मेलनको अध्यक्षता एफपीएआई कालचिनी शाखाका साधारण प्रबन्धक तुषार चक्रवर्तीले गरे। सन १९४९ सालमा स्थापित एफपीएआईले भारतको १८ वटा राज्यहरूमा यौन औ प्रजनन स्वास्थ्य परिसेवामा काम गर्दै आईरहेको र जुनसुकै प्राकृतिक औ मानव निर्मित आपदा एवम् विपद्को समय एफपीएआईले यौन औ प्रजनन स्वास्थ्य परिसेवा प्रदान गर्दै आईरहेको र गत महीनामा मात्र टिस्टा त्रासदीमा फसेका मानिसहरूबिच पुगेर एमआईएसपी अन्तर्गत सेवा पुऱ्याउने काम गरिएको एफपीएआई कालचिनी शाखाका साधारण प्रबन्धक तुषार चक्रवर्तीले जनाएका छन्।
मूलतः फेमिली प्लानिङ एसोसिएशन अफ इन्डियाले राष्ट्रिय अन्तर्राष्ट्रिय एनजीओहरूसँग एकता कायम गरेर नारी हिंसा, यौन उत्पीड़न औ प्रजनन स्वास्थ्यमाथि न्यूनतम प्राथमिक स्वास्थ्य परिसेवा पुऱ्याउने काम गर्दै आईरहेको र बर्षेनी ३० मिलियन भन्दा बढ़ी मानिसहरूलाई फाइदा पुऱ्याउँदै आईरहेको र मानव समाजलाई अल्पकालीन र दीर्घकालीन क्षतिबाट जोगाउन मदत पुऱ्याएको एफपीएआई कालचिनी शाखाको प्रबन्धक तुषार चक्रवर्तीले जनाएका छन्। एफपीएआईका काउन्सिल सदस्य छन्दा चक्रवर्तीले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा कुरा गर्नु हाम्रो समाजमा अझै पनि अपराध मानिन्दै आईरहेता पनि एफपीएआईले यौन तथा प्रजनन स्वास्थ्यमाथि काम गरेर यौन हिंसा रोक्न साथै यौनजन्य रोगहरू जस्तै एचआईभी र यौन संक्रमण रोक्न विशेष भूमिका पालन गर्दै आईरहेको पत्रकार सम्मेलनमा बताईन। स्प्रिन्ट ४ कार्यक्रम अन्तर्गत अलिपुरद्वार जिल्लामा लगायत दार्जीलिङ र कालेबुङमा मातृ र नवजात शिशुहरूको मृत्यु रोक्न सेक्सुअल रिप्रोडक्टिभ हेल्थका सेवाहरू पुऱ्याएको र कोभिड १९ को विपत्ति पश्चात चक्रवाती तूफान र टिस्टा त्रासदीमा पनि एफफीएआईले महिलाहरूको निम्ति सेनेटरी न्यापकिन वितरण साथै गर्भवती महिलाहरूको सेवा गर्न पछि नहटेको र प्राकृतिक आपदाको समय यौन तथा प्रजनन स्वास्थ्यलाई केन्द्र गरेर काम गर्ने लक्ष्य लिएर फेमिली प्लानिङ एसोसिएशन अफ इन्डियाले आफ्नो परिसेवा पुऱ्याउने जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement