वाहन चोरीको मामिलामा तीनजना पक्राउ

IMG_20220719_203425.png

सिलगढी: रड बोकेको एउटा वाहन चालकसहित निखोज भएको थियो। उक्त वाहन सिलगढीबाट मेघालयतर्फ गइरहेको थियो। यसरी निखोज भएपछि एनजेपी थानामा अभियोग दर्ता गरेको थियो। यसै अभियोगको आधारमा पुलिसले तीनजनालाई पक्राउ गरेको छ। घटनाक्रम अनुसार गत ४ जूनमा रड बोकेको एउटा क्यान्टर सिलीगढीबाट मेघालयतर्फ जाँदा बीच बाटोमा नै निखोज भएको थियो। यसपछि गत १४ जूनमा उक्त रड पठाउने व्यक्तिले घटनाबारे थानामा एउटा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत २४ जूनमा असमबाट उक्त क्यान्टर उद्धार गरेको छ। फेला परेको उक्त क्यान्टरमा तर रड भने थिएन।घटनामा क्यान्टर चालकलाई पक्राउ गरेर सोधखोज गर्दा अन्य दुईजना पनि उक्त घटनामा सामेल रहेको थाहा पाए।यसपछि पुलिसले गत १८ जुलाईमा असम मेघालय सिमाना जलुकबारीबाट उक्त दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement