भारतीय नेपाली गौरव सम्मान कार्यक्रममा सिपाजसस-को उपस्थिति

IMG-20231110-WA0282.jpg

सिलगढ़ी: सोसियल इञ्जिनियर्स समिति, कालेबुङद्वारा गत ८ नोभेम्बरमा स्थानीय टाउन हलमा आयोजित भारतीय नेपाली गौरव सम्मान कार्यक्रममा सिलगढ़ी पारिजात जयन्ती समारोह समिति (सिपाजसस) को पनि उपस्थिति रहेको थियो। सिलगढ़ीबाट एकमात्र यस संस्थालाई निम्तो गरिएको थियो। सिलगढ़ी पारिजात जयन्ती समारोह समितिको चारजनाको एउटा प्रतिनिधि टोलीले कार्यक्रममा भाग लिएको समितिका सचिव राजेश छेत्रीले अवगत गराएका छन्। टोलीमा सचिव स्वयं, उपाध्यक्ष हरिप्रसाद शर्मा, कोषाध्यक्ष इजु छेत्री अनि कार्यकारी सदस्य राजेश छेत्री रहेका थिए। कार्यक्रम आयोजक समितिले सिलगढ़ी पारिजात जयन्ती समारोह समितिद्वारा सिलगढ़ीमा गर्दै आइरहेको सामाजिक कार्यक्रमहरूको प्रशस्त प्रसंशा गरी स्मृति चिन्ह प्रदान गर्दै सम्मानित गरेको थियो। यसको निम्ति समितिका सचिव श्री छेत्रीले सोसियल इञ्जिनियर्स समिति, कालेबुङप्रति कृतज्ञता प्रकट गरेका छन्। उनले भने, सोसियल इञ्जिनियर्स समितिले एउटा उत्कृष्ट कार्यक्रमको आयोजन गरेर आफ्नो जातिय सांस्कृतिकको ठूलो जगेरा गर्ने काम गरेको ठान्दछु। तिहारको बेला आयोजित सांस्कृतिक कार्यक्रमले भिन्नै महत्व बोकेको थियो। भविष्यमा पनि सोसियल इञ्जिनियर्स समितिले यस्ता अझै महत कार्यक्रमहरू गरेर जानेछ भन्ने आशा राख्दछौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement