मालदा: लगभग २३० वर्ष पुरानो गजोल जमिन्दार घरको काली पूजा अब सार्वजनिक पूजा भएको छ। गजोल ब्लकको गाजोल हाटका पूर्व जग्गाधनी रामानन्द चौधरीको पारिवारिक पुजा अहिले सार्वजनिक भएको छ। प्रत्येक वर्ष कार्तिक महिनाको अमावस्याका दिन गजोल हाटमा देवी आदिश्यामकालीको पूजा आराधना गरिन्छ। र यो पुजामा भक्तजनको भीड वर्षेनी बढ्दै गएको छ। साँचो मनले आदि श्यामाको पुजा गर्यो भने त्यो पूरा हुन्छ भनिन्छ। गजोल हाटस्थित श्यामा काली पूजामा भक्तजनको घुइँचो बढ्दै गएको छ। गजोल हाट क्षेत्रमा जमिन्दार रामानन्दी चौधरी इस्टेट परिवारको मौलिक काली पूजा हुने गरेको सम्बन्धित मन्दिरका सेवादार अमनकुमार झाँले बताए। हाल माल्दा जिल्लाको गजोल हाट कमिटीको पहलमा आदि श्यामकली पूजा आयोजना गरिएको छ।