गान्तोक: सन फार्मा, सिक्किमका साइट हेड रंजीत महापात्र, सीएसआर एवं सीआर हेड वासिफ अलीको अगुवाईमा एक टोलीले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसंग राजभवनमा शिष्टाचार भेट गरे।
यसावधि सन फार्मा टोलीले राज्यपाललाई दिवालीको शुभकामना दिए। सन फार्माका अधिकारीहरूले सिक्किममा कम्पनीका गतिविधिहरूको बारेमा जानकारी गराए। राज्यपालले आफ्नो संसाधन र सामर्थ्य सिक्किम राज्यको विकासमा उपयोग गरेर देशको समृद्धिलाई अझ अगाडि बढाउन आह्वान गरे।
राज्यपालले पनि सन फार्मा टोलीलाई धनतेरस र दीपोत्सवको बधाई दिए।