खरसाङको सदभावना सोसियल वेलफेयर सोसायटीद्वारा सभासद श्याम शेर्पालाई सम्मान कार्यक्रम सम्पन्न

IMG-20220719-WA0140.jpg

खरसाङ: खरसाङको डाउहिल रोडस्थित एथेन्स स्कूल परिसरमा सदभावना सोसियल वेलफेयर सोसायटी, डाउहिल रोड, खरसाङको एउटा सभा आयोजित गरियो। संघकै सभापति औतारी शर्माकै अध्यक्षतामा आयोजित उक्त सभामा मणिपुरको भिषण पहिरोमा पुरिएर १७ जना गोर्खा शहीदहरूलाई श्रद्धाञ्जली दिन उपस्थित सबैले मैनबत्ती जलाए अनि शहीदहरूको आत्माको शान्तिको निम्ति मौन प्रार्थना गरियो। उक्त सभाको मुख्य औचित्य सदभावना संघका एक कर्मठ सदस्य यसपालीको जीटीए चुनावमा खरसाङको २८ नम्बर खरसाङ देउराली-चिम्नी समष्टिबाट विपुल मतले विजयी भएर सभासदको पदमा निर्वाचित भएकोमा श्याम शेर्पालाई अभिनन्दन जनाउन राखिएको थियो। संघको पक्षबाट अभिनन्दन पत्र साथै सम्पूर्ण सदस्यहरूले बधाई दिँदै खदा-माला भेट गरियो। उक्त सभामा विभिन्न वक्ताहरू क्रमैले बीके थामी, एचएस बस्नेत, प्रशान्त शर्माले आ-आफ्नो वक्तव्य राखेका थिए। यसको साथै कार्यक्रममा मुख्य वक्ताको रूपमा नव निर्वाचित सभासद श्याम शेर्पाले उक्त अभिनन्दन समारोह आयोजित गरिएकोमा सदभावान संघका प्रत्येक सदस्यलाई धन्यवाद टक्राए। उनले आफ्नो कार्यकाल एक सभासदको रूपमा पूर्ण निष्ठाले निभाउने अनि विकासका कार्यहरू समष्टीमा धेरै गरिनुपर्ने र प्राथमिकता हेरेर एकपछि अर्को गर्दै लाने वचन दिएका छन्। संघको सचिव दिनेस लामाद्वारा सञ्चालित उक्त सभालाई आफ्नो अध्यक्षीय भाषणसँगै -संघका सम्पूर्ण सदस्यगणलाई सभामा उपस्थितिको निम्ति धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement