गान्तोक: सिक्किम राज्य ग्रामीण जिविकापोर्जन अभियान, ग्रामीण विकास विभाग, नेश्नल व्याङ्क अफ् एग्रिकल्चलर र ग्रामीण विकास विभागको पहलमा राज्यका स्वयं सहायता समूहहरूलाई लिएर एक दिवसीय कार्यशाला सम्पन्न भयो। जिल्ला प्रशासनिक केन्द्रमा आयोजित यस कार्यक्रममा जिल्ला परियोजना प्रबन्धक कार्यक्रममा संस्था निर्माण क्षमता निर्माण, सिक्किम ग्रामीण आजीविका मिशन, ग्रामीण विकास विभागका रबिन आचार्य, ब्लक परियोजना प्रबन्धक केन्जाङ एनको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किम स्टेट कपरेटिभ व्याङ्क लिमिटेडका उज्जवल शर्माले कार्यहरूको संस्थागत र क्षमता निर्माणमा बहुमूल्य अन्तर्दृष्टिबारे जानकारी गराए। उनले वार्ड विकास समाज र ब्लक विकास समाजको भूमिका र जिम्मेवारीबारे विस्तृतरूपमा अवगत गराए। यी संस्थाहरूको लागि उचित किताब र अभिलेख राख्ने महत्त्वमाथि जोड दिए। यसका साथै आचार्यले सामानको प्रशोधन, प्याकेजिङ र मार्केटिङको माध्यमबाट जीविकोपार्जन प्रवर्द्धन गर्नेबारेमा आफ्नो बिचार व्यक्त गरे। यसै क्रममा एपीएम नवीन तामाङले पनि बीडीएस मार्फत “एक ब्लक एक उत्पादन” को अवधारणा बारे छलफल गर्दै यसमा सबैले योगदान दिनुपर्ने सुझाउ दिए। उनले यी अत्यावश्यक पक्षलाई बुझ्नको साथै सहभागीहरूलाई मार्केटिङ, लेबलिङ र उत्पादन विषयहरूमा निर्देश दिए।